जनता टाइम्स

१४ पुष २०७६, सोमबार १०:५५

प्रधानमन्त्रीलाई पर्यटनमन्त्रीको निमन्त्रणा


काठमाडौं, पुष १४

नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्यटनमन्त्रीले निमन्त्रणा दिनु भएको छ । पुष १५ गते दशरथ रंगशालामा हुने विशेष समारोहमा सहभागी हुनका लागि पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिनु भएको हो ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री भट्टराईले ओलीकै तस्विर दिएर निमन्त्रणा गर्नुभएको छ । सो तस्विरमा भ्रमण वर्षको लोगो अंकित रहेको छ । भ्रमण वर्षको उद्घाटन आगामी जनवरी १ अर्थात् पुस १६ गते काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साढे ३ बजे उद्घाटन गर्ने तयारी छ ।

२० हजार बढी निमन्त्रणा कार्ड नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधिसहित उच्चपदस्थ व्यक्तिसहित सञ्चारकर्मीका लागिसमेत रहेको सचिवालयका कर्मचारीले जानकारी दिए । उद्घाटन कार्यक्रम करिब ३ घण्टासम्म चल्ने छ । उद्घाटन कार्यक्रम हेर्न रंगशालामै ठुलो स्क्रीनसमेत राख्ने तयारी सचिवालयले गरेको छ ।