राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमी पर्व मनाउन जनकपुर जानुहुने भएको छ । मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ।
जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महोत्सवको विशेष समारोहमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । सीताको जन्मदेखि न्वारन सम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउने गरिन्छ। जानकी मन्दिरले १५ दिने जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश–२ सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। वैशाख २२ गते देखि मनाईदै आएको जानकी महोत्सवको मुख्य दिन आज हो। महोत्सव जेष्ठ ४ गते सम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस्