जनता टाइम्स

१४ पुष २०७६, सोमबार १४:१२

महानगरपालिकामा रहेको एक भवनमा आगलागी, ६ व्यक्तिको मृत्यु


चोङ्गकिङ, पुस १४

चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ः५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ ।

सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ । यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।