काठमाडौं, असोज २३ । दक्षिण अफ्रिकाकी कानूनविद् नवनीतम नवी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने समाचार सार्वजनिक भएको छ।
भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा जन्मिएकी पिल्लेले न्याय, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा योगदान पुर्याएकी छन्।
उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) मा न्यायाधीशका रूपमा काम गरेकी छन्। उनी संयुक्त राष्ट्रसंघकी मानव अधिकार उच्च आयुक्तसमेत बनेकी थिइन्।
मानव अधिकार उच्च आयुक्तको जिम्मेवारीमा रहँदा उनले सन् २००९ मा नेपालको भ्रमण गरेकी थिइन्।
यस वर्षका अन्य नोबेल पुरस्कारअन्तर्गत चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य विधाका विजेताको नाम घोषणा भइसकेको समाचारमा उल्लेख छ। अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम भने आउँदो सोमबार घोषणा हुने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्