काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गराएको भन्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी फेरि गर्नुभएको छ ।
ट्रम्पले आफूले आफ्नो प्रशंसा नगरेको, बरु तथ्य मात्र प्रस्तुत गरेको बताउँदै अन्य कुनै अमेरिकी राष्ट्रपतिले यति धेरै युद्ध समाधान नगरेको दाबी गर्नुभएको हो ।
उहाँले शान्तिका लागि आफ्नो प्रयास अझै जारी रहेको र चाँडै अर्को युद्धसमेत समाधान गर्न सकिने बताउनुभएको छ ।
ट्रम्पले लामो समयदेखि आफ्नो कूटनीतिक प्रयासका आधारमा नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आउनुभएको छ ।
नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा यस वर्षको नोबेल शान्ति पुरस्कार घोषणा गर्नेछ ।
यसअघि पनि ट्रम्पले सन् २०२५ जुनमा आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्नुभएको थियो । त्यतिबेला उहाँले आफूले उक्त पुरस्कार चार वा पाँच पटक पाउनुपर्ने बताउनुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्