जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:२७

विपद्मा बेपत्ता व्यक्ति ४५ दिनमै मृतक घोषणा गर्न सकिने अध्यादेश जारी


काठमाडौं, असोज २३ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गर्नुभएको हो।

सरकारले विपद्सम्बन्धी, भूमिसम्बन्धी र वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीमध्ये विपद्सम्बन्धी अध्यादेश जारी भएको हो।

अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि बेपत्ता भएको १२ वर्षपछि मात्रै मृतक घोषणा गर्न सकिने व्यवस्था थियो।

राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै त्यसमा व्यवस्था गरिएका प्रावधान कार्यान्वयनमा आउनेछन्।