जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:४२

पोखराको विद्यालय बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन


काठमाडौं, असोज २३ । पोखरा महानगरपालिका–२८ मा भएको विद्यालय बस दुर्घटनाबारे छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति गठन गरेको छ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ।

दुर्घटनामा घाइते भएका विद्यार्थी तथा अन्य नागरिकको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

घाइतेको उपचारमा कुनै कमी हुन नदिन स्थानीय प्रशासन र सम्बन्धित अस्पतालसँग निरन्तर समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ।