जनता टाइम्स

१४ पुष २०७६, सोमबार २२:४३

रौतहटका चिसो पिडित गरीव बस्तीमा माधव नेपाल पुगेपछि…


रौतहट, पुष १४

तराई यतिबेला चिसोले कठ्याङ्ग्रिएको छ । लामो समयदेखीको शितलहरले गर्दा त्यहाको जनजिवन प्रभावित भएको छ । अझ गरिब परिवारको त झनै विजोग भएको छ ।

चिसोको सिरेटो बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल न्यानो कपडासहित रौतहट पुग्नु भएको छ । उहाले त्यहाका गरिबी परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । उहाले त्यहाका न्युन आय भएका जनतालाई कम्बल समेत वितरण गर्नुभयो । नेता तराईमा बाढी आउदा होस् वा आगालागीका घटना हुँदा होस् सदैव राहात सामाग्री लिएर पुग्नुहुन्छ ।