काठमाडौं, पुष १५
निजी सेवा प्रदायक कम्पनी एनसेलले अन्तत सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको छ । लामो समयको विवादपछि एनसेलले १२ औं पटकको बिक्रीको पुँजीगत लाभकर बुझाएको हो ।
एनसेलमाथि सरकारले २२ अर्ब ४४ करोड रुपैयाँ कर निर्धारण गरिसकेको छ । यसको ब्याज र हर्जानासहित २२ अर्ब ६८ करोड रुपैयाँ बुझाउनुपर्ने छ । ‘बाँकी रकम एनसेलले किस्ताबन्दीमा यसै आर्थिक वर्षभित्र बुझाउने जनाएको छ,’ ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्