काठमाडौं, पुष १५
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै समुदायलाई आह्वान गर्नु भएको छ ।
मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न सबै जाति, भाषा र समुदायबीच बलियो एकता हुनुपर्नेमा पनि जोड दिनु भयो । तमू ल्होसारको अवसर पारेर मंगलबार काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहमा बोल्दै उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि सबै समुदायले मिलेर काम गर्नुपर्ने पनि बताउनु भयो । ‘राष्ट्र निर्माणको अभियानमा म सबै समुदायलाई एकतावद्ध भएर जुटन आह्वान गर्दछु,’ मन्त्री गुरुङले भन्नु भयो, ‘सबै समुदायको एकतावद्ध प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सकिनेछ ।’
मन्त्री गुरुङले आफू गुरुङ समूदायलाई प्रतिनिधित्व गर्दै मन्त्री भएको उल्लेख गर्दै देश, जनता र कुनै पनि समूदायमाथि आँच आउने खालका काम नगर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले तमू ल्होसारको सो कार्यक्रममा पहिलो पटक प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री गुरुङलाई गुरुङ समूदायलाई समेत प्रतिनिधित्व गरेर मन्त्री भएकोमा सम्मान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्