जनता टाइम्स

१५ पुष २०७६, मंगलवार १९:०१

पर्यटन वर्षको बुधबार भव्य उद्घाटन हुदै, चार देशका पर्यटनमन्त्री काठमाडौंमा


काठमाडौं, पुष, १५

नेपाल भ्रमण वर्ष २०२० को बुधबार अपरान्ह भब्य उद्घाटन हुदैछ । समारोहमा सहभागी हुन छिमेकी राष्ट्र चीन र भारतका पर्यटन मन्त्री आजै नेपाल आइपुग्नु भएको छ ।

चिनियाँ पर्यटन मन्त्री वाङ सियाफेङ र भारतीय पर्यटन मन्त्री प्रल्हादसिंह पटेल आज अपरान्ह काठमाडौं आइपुग्नु भएको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा भोलि हुने उद्घाटन समारोहलाई विशेष अतिथिको हैसियतमा दुवै मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पर्यटन मन्त्री भट्टराईले दुवै मन्त्रीलाई होटल सोल्टीमा स्वागत गर्नुभयो ।

यसैगरी समारोहमा सहभागी हुन म्यानमारका पर्यटन मन्त्री यु उन मुङ र जमैकाका इडमड बार्टलेट पनि नेपाल आइपुग्नु भएको छ । पर्यटन वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ ।