जनता टाइम्स

१६ पुष २०७६, बुधबार १०:१३

निकुञ्जमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


बर्दिया, पुष १६

बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्जमा लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन् ।