जनता टाइम्स

१६ पुष २०७६, बुधबार ११:१४

पर्यटकीय क्षेत्र नगरकोटबाट भ्रमण वर्षको भब्य शुभारम्भ


काठमाडौं, पुष १६

पर्यटकीय गन्तब्य नगरकोटबाट नेपाल भ्रमण वर्ष २०२० को आज विहान भब्य शुभारम्भ गरिएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन नगरकोटबाट भव्य शुभारम्भ गरिएको हो ।

जिल्ला समन्यव समिति भक्तपुर तथा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार तथा नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसहितको विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।