विराटनगर, पुष १६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा छलफल गर्न आफु तयार रहेको बताउनु भएको छ । उहाले जोसँग जहा पनि पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल गर्न तयार रहेको बताउनु भएको हो ।
संस्थापनइत्तर पक्षको अनुपस्थितिममा बसेको केन्द्रीय समितिको बैठकले फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले बहुमतबाट केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुरुप १४ औं महाधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो ।
‘केन्द्रीय कार्यसमितिबाट विधानअनुरुप १४ औं महाधिवेशनको मिति तय गरिएको छ, त्यही मितिमा महाधिवेशन हुन्छ,’ देउवाले भन्नुभयो, ‘पार्टीका नेताहरुले एक्लै वा समूहमा जहाँ पनि आफूलाई भेट्न वा महाधिवेशनको बारेमा छलफल गर्न आए हुन्छ।’ सहमतिमा पार्टी चलाउनका लागि तीन वर्षसम्म कुरे पनि सहमति हुन नसकेकोले बहुमतको आधारमा निर्णय लिएर पार्टीलाई अघि बढाएको देउवाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्