जनता टाइम्स

१६ पुष २०७६, बुधबार १४:३९

काठमाडौंबाटै स्मार्ट लाइसेन्स नै नक्कली भेटिएपछि…


काठमाडौं, पुष १६

प्रहरीले ललितपुरको सातदोबाटोबाट स्मार्ट लाइसेन्स नक्कली फेला पारेको छ । नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले जारी गरेको स्मार्ट लाइसेन्स नै नक्कली फेला परेपछि प्रहरी नै अचम्ममा परेको छ ।

प्रहरीले नक्कली स्मार्टधारी एक सवारी चालकलाई पक्राउ गरेपछि स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अनुसार नक्कली लाइसेन्स तयार पार्ने गरेको आशंकामा न्यूरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मारेको छ ।

छापा मार्दा पुरानो फोटो स्टुडियो कन्सर्नका सञ्चालकसहित पाँच जना पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेमा स्मार्ट लाइसेन्सधारी व्यक्ति, फोटो स्टुडियोका सञ्चालक र उनका चार जना कर्मचारी छन् । प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन । थप अनुसन्धान जारी रहेकाले केही दिनभित्र सबै विवरण सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।