काठमाडौं, कात्तिक १६ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । लगातार दुई खेलमा जित निकाल्दै चार अंक जोडेको कर्णाली याक्स तेस्रो जितको खोजीमा मैदान उत्रनेछ । यता काठमाडौं गोर्खाज भने पहिलो जितको खोजीमा हुनेछ ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा मात्रै जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । चौथो खेलमा सुदूरपश्चिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
यता दुई खेल खेलेको चितवन राइनोज भने अपराजित छ । चितवनले एक खेलमा जित निकालेको छ भने वर्षाका कारण अर्को खेलमा अंक बाँडेको छ ।














प्रतिक्रिया दिनुहोस्