काठमाडौं, कात्तिक १६ । इलाममा अनसनरत डाक्टर गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
डाक्टर केसीको स्थास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहानै काठमाडौं ल्याइएको हो ।इलाममा रहनुभएका केसीका सहयोगी पवन थापाले थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाइएको जानकारी दिनुभयो । उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।
टाइप २ मधुमेहका बिरामी रहनुभएका डाक्टर केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।
चिकित्शा शिक्षाको क्षेत्रमा विभिन्न सुधारका माग राख्दै डाक्टर केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गर्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गत वर्ष असोज १४ गते राति करिब ८ बजे नै उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।
केसीले चिकित्शा शिक्षा आयोगका उपाध्यक्षले आफ्नी पत्नीलाई जिम्मेवारी तोकेर सुशासनको धज्जी उडाएको बिषयलाई समेत मुख्य मागका रुपमा उल्लेख गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्