काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्साउने प्रयास धेरै भए पनि तर्सिने बानी नरहेको टिप्पणी गर्नुभएको छ।
कांग्रेसको आधिकारिकता विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको चर्चा भइरहेका बेला सभापति थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
यसअघि थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकता विवादलाई बिचौलियासँग जोडिएको भन्दै आपत्ति जनाएको थियो। सरकारले आफ्ना विवादित विषयबाट ध्यान अन्यत्र मोड्न सभापति थापामाथि आरोप लगाएको भन्दै सचिवालयले त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएको थियो।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जालमा चेतावनीयुक्त अभिव्यक्ति दिनुभएको थियो। उहाँले लेख्नुभएको थियो, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि आएको थापाको पछिल्लो स्टाटस बालेन्द्र शाहलक्षित भएको अनुमान गरिएको छ।














प्रतिक्रिया दिनुहोस्