जनता टाइम्स

१७ पुष २०७६, बिहीबार ११:५८

प्रधानमन्त्रीले मलाई साढे १२ बजेसम्म जसरी पनि आउनु भन्नुभएको छ – प्रचण्ड


चितवन, पुष १७

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलाउनु भएको छ । सिन्धुली र चितवनको कार्यक्रममा सहभागी हुन जानु भएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले तत्काल बालुवाटार आउन भन्नुभएको हो ।

उहाहरुबीच सभामुख चयन र राष्ट्रिय सभा निर्वाचनको उम्मेद्धारका विषयमा छलफल हुने बताइएको छ । ‘मलाई निक्कै हतारो छ, प्रधानमन्त्रीले पनि साढे १२ बजेभित्र तपाई काठमाडौं आईसक्नुपर्छ भन्नुभएको छ’, प्रचण्डले भन्नुभयो,‘तपाईहरुलाई थाहा छदै छ, आज हाम्रो सचिवालयको बैठक छ, हामी राष्ट्रिय सभा निर्वाचनको उम्मेद्धार र सभामुख चयनका विषयमा छलफल गर्दैछौं । त्यसैले मैले चाडो जानुपर्नेछ ।’ चितवनमा आयोजित कार्यक्रममा उहाले भन्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह सचिवालय बैठक बोलाइएको छ । बैठकअघि दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।