जनता टाइम्स

१७ पुष २०७६, बिहीबार १२:३७

एसपी मल्ललाई १२ घण्टाभित्र रवाना हुन किन दियो प्रदेश प्रहरी कार्यालयले निर्देशन ?


काठमाडौं, पुष १७

चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र जिल्ला छाड्न आदेश दिएको छ । सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि एसपी मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो ।

तर, प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा हालिदिएपछि सार्वजनिक भएको छ । प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०४ रहेको पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो । चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ ।