काठमाडौं, कात्तिक १९ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) समय अगावै परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले विगतमा प्रहरी नेतृत्व परिवर्तन गर्दा एमालेले भोग्नुपरेको राजनीतिक क्षतिको स्मरण गराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले पनि विगतको घटनाबाट पाठ सिक्न नसकेको टिप्पणी गर्नुभएको हो।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तत्कालीन गृहमन्त्री वामदेव गौतमको कार्यकालमा समय अगावै प्रहरी महानिरीक्षक परिवर्तन गरिएको घटनालाई स्मरण गर्नुभएको छ।
उहाँले त्यसबेला प्रहरी महानिरीक्षक परिवर्तन गरिँदा त्यसको परिणाम नेकपा (एमाले)का लागि सुखद नरहेको उल्लेख गर्नुभएको छ। प्रहरी महानिरीक्षकको पुनर्बहालीपछि पार्टीले विभाजनसम्मको गहिरो पीडा बेहोर्नुपरेको उहाँको भनाइ छ।
पोखरेलले उक्त घटनालाई स्मरण गराउँदै रास्वपा नेतृत्वको सरकारले पनि सोही तितो यथार्थबाट पाठ सिक्न नसकेको टिप्पणी गर्नुभएको छ। पोखरेलले लेख्नु भएको छ- ‘हिजो कमरेड वामदेव गौतम गृहमन्त्री रहेका बेला समय अगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको परिणाम नेकपा (एमाले)का लागि सुखद रहेन, उसले प्रहरी महानिरीक्षकको पुनर्बहाली पश्चात् पार्टी विभाजनसम्मको गहिरो पीडा समेत बेहोर्नु परेको थियो, रास्वपा नेतृत्वको सरकारले उक्त तितो यथार्थबाट पाठ सिक्न सकेको देखिएन।’














प्रतिक्रिया दिनुहोस्