जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार १३:१९

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता


काठमाडौं, कात्तिक १९ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्नुभएका मिश्रीले प्रधानमन्त्री शाहसँगको भेटमा भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार, सांस्कृतिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध पक्षमा सकारात्मक छलफल भएको जनाइएको छ।

भारतीय विदेश सचिव मिश्रीको यो भ्रमणलाई नयाँ राजनीतिक परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई थप व्यवस्थित र परिणाममुखी बनाउने अवसरका रूपमा हेरिएको छ।

विशेषगरी उच्चस्तरीय संवादलाई निरन्तरता दिने, द्विपक्षीय सहकार्यका प्राथमिकता पहिचान गर्ने र आपसी हितका विषयमा समझदारी बढाउने दृष्टिले यस भेटलाई महत्त्वपूर्ण मानिएको छ।