जनता टाइम्स

१७ पुष २०७६, बिहीबार १६:५५

चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, पुष १७

सरकारले चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ । चक्रपथको दोस्रो चरणको विस्तार परियोजना कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको हो ।

उक्त खण्डको सडकको चौडाइ ३१–३१ मिटर बनाउने गरी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको सरकारका प्रवक्तासमेत रहको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ। उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय