जनता टाइम्स

१७ पुष २०७६, बिहीबार १८:१२

जीप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत


बाजुरा, पुष १७

बाजुरामा भएको जीप दुर्घटनामा मृतक चारै जनाको सनाखत भएको छ । हिमाली गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको चार जनाकै परिचय खुलेको हो ।

बाजुराको हिमाली गाउँपालिका ६ का पवन भण्डारी, मुगुको कर्मारोडा गाउँपालिका–८ का पेमा लामा, कैलालीको पन्याल गाउँपालिका–५ का दिनेशकुमार घर्तीमगर र जीपका चालक बाजुराको जगनाथ गाउँपालिका–५ का रमेश बहादुर शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिमाली गाउँपालिका–६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से १ ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो ।