जनता टाइम्स

१७ पुष २०७६, बिहीबार २१:०६

नेकपाको सचिवालयमा निरन्तर छलफल, शुक्रबार टुंगोमा पुग्ने


काठमाडौं, पुष १७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको उम्मेदवार छनोटका विषयमा छलफललाई निरन्तरता दिने भएको छ ।

विहिवार रातिसम्म बसेको सचिवालय बैठकमा केही नामका विषयमा सहमति बनेपनि अझै पूर्ण टुंगो लगाउन भने बाँकी रहेको छ । थप नाममा सहमति जुटाउन बैठक भोलि बिहान साढे ८ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार बैठकमा राष्ट्रिय सभाका उम्मेदवार छनौट बारे छलफल भएपनि नटुंगिएकाले भोली विहान पुन बस्ने गरी सकिएको बताउनु भयो ।

सभामुख चयनको विषयमा भने उहाले केही बताउन चाहानु भएन । ‘आजको बैठकमा राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल भएको हो। छलफल जारी छ। त्यसबाहेक अन्य एजेण्डा थिएन’, प्रवक्ता श्रेष्ठको भनाई छ ।