जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १८:२४

सडक डिभिजन कार्यालयका इन्जिनियर झा पक्राउ


लहान, पुस १८ गते । सिरहाको लहान नगरपालिका स्थित सडक डिभिजन कार्यालयको ईन्जिनियर नवीन झालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सडक डिभिजन कार्यालयको उनको निजी क्वाटरमा पक्राउ गरेको हो । उनीमाथि अहिलेपनि कार्यालय र क्वाटरमा अनुसन्धान भइरहेको बुझिएको छ । स्रोतका अनुसार अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी छ ।