भक्तपुर, पुस १९ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा सडकबाट घरभित्रै पसेको बसले किचेर एक जनाको मृत्यु भएको छ । खड्काटोलबाट नेपाल इन्जिनियरिङ कलेजतर्फ आउँदै गरेको बा.१ ख ९०९० नम्बरको बस राइटारडाँडास्थित भिमबहादुर योञ्जनको घरमाथि खस्दा उनको मृत्यु भएको हो ।
घरभित्रै छिरेको बसले किच्दा घाइते बनेका योन्जनको दुवाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घरमा रहेका योञ्जनकी श्रीमती, छोरा र सालो भने सकुसल रहेका छन । दुर्घटनामा परी उदयपुरको सोरङ नगरपालिका–४ का ३४ वर्षे चित्रबहादुर थापा घाइते भएका छन ।
प्रहरीका अनुसार बसमा यात्रु थापा, चालक र सहचालकमात्रै थिए । रत्नपार्क दुवोकोट रुटमा चल्ने शुक्रबार राति अनियन्त्रित भई साँघुरो सडकबाट चिप्लिएर टहरामािथ खसेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्