जनता टाइम्स

१९ पुष २०७६, शनिबार २१:१०

सबै जनतालाई सुरक्षित घरमा राख्ने भूमिमन्त्री मन्त्री अर्यालको घोषणा


स्याङजा, पुष १९

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताउनुभएको छ ।

सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “सरकार सन् २०३० सम्म गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो ।” जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ ।