जनता टाइम्स

२० पुष २०७६, आईतवार १४:११

कालापानीलगायत भारतसँगको सीमा विवाद तथ्य र प्रमाणका आधारमा तत्काल टुंग्याउनु पर्छ : माधव नेपाल


कञ्चनपुर, पुस २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नेपाल र भारतबीच देखिएको कालापानीलगायत क्षेत्रको सीमा विवाद तथ्य र प्रमाणका आधारमा तत्काल टुंग्याउनु पर्ने बताउनु भएको छ ।

प्रेस संगठन नेपालले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरको लगायत विषय तथ्य र प्रमाणका आधारमा टुंग्याउनु पर्ने बताउनु भयो । ‘हिजोसम्म हुन नसकेको विवाद समाधानको काम अब तथ्य र प्रमाणका आधारमा टुग्यांउनुपर्छ, मौका पनि यही, दुवैतर्फ बलियो सरकार भएको बेला समाधान गर्नुपर्छ । यसलाई लम्बेतान गर्नुहुँदैन,’ नेपालले भन्नुभयो ।

उहाँले अहिले भारतले छिमेकीको विश्वास जित्ने अवसर आएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । भारतले यसअघि पनि तत्कालीन एमालेको सरकारका पालामा कालापानीको विषयमा वार्ताबाट विवाद समाधान गर्न सकिने कुरा पत्रमार्फत जानकारी गराएको नेपालले बताउनु भयो ।