जनता टाइम्स

२० पुष २०७६, आईतवार १६:००

राष्ट्रिय सभा निर्वाचन : प्रदेश–१ मा नेकपाका उम्मेदवारले दर्ता गरे मनोनयन (यस्तो हुनेछ मतपरिणाम)


विराटनगर, पुष २०

राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश–१ बाट नेकपा र कांग्रेसका उमेदवारले मनोनयन दर्ता गराउनु भएको छ । नेकपाको पाञ्चालीस्थित कार्यालयबाट उमेदवारसहित निस्किएको ¥याली सबैभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालयमा अवस्थित राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय पुगेको थियो ।

नेकपाले झापाका देवेन्द्र दाहाल, मोरङका गोपी अछामी र सुनसरीकी इन्दु गौतमलाई उमेदवार बनाएको छ । तीनै जनाले मनोनयन दर्ता गराउनु भएको छ । नेपालीले कांग्रेसले झापामा राजेन्द्रकुमार घिमिरे, पाँचथरका नीरबहादुर विक र सुनसरी धरानकी मीनापुलामी मगरलाई उमेदवार बनाएको छ ।

यस्तो हुनेछ मतपरिणाम !

प्रदेश–१ बाट राष्ट्रिय सभामा रिक्त भएको दलित एक, महिला एक र अन्य एक गरी तीन सदस्यका लागि वीरेन्द्र सभागृहमा मतदान हुनेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता छन् । उनीहरूको मतभार भने फरकफरक छ ।

तहका प्रमुख र उपप्रमुखको १८ र प्रदेश सांसदको मतभार ४८ हुनेछ । १ नम्बर प्रदेशमा ९३ जना सांसद र एक सय ३७ स्थानीय तह छन् ।
स्थानीय तहका प्रमुख र उप्रमुखसहित २ सय ७४ गरी ३ सय ६७ जना मतदाता हुने छन् । दुवैतर्फको गरी प्रदेशमा कुल मतभार भने ९ हजार ३ सय ९६ हुनेछ ।

यो प्रदेशमा नेकपा एमाले मात्रैले ५५ प्रतिशत मत सुरक्षित छ । तत्कालीन एकीकृत नेकपा माओवादीको जोड्दा नेकपाको मात्रै कुल मतभार ६७ प्रतिशत पुग्छ । माओवादीका प्रमुख, उपप्रमुख १६ र प्रदेश सांसद १६ सहित उनीहरूको कुल मतभार १ हजार ५६ छ । दुवै दलको जोड्दा कुल मतभार ६ हजार २ सय ५८ हुन आउँछ ।

नेपाली कांग्रेसका प्रदेश नम्बर १ मा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ६८ र प्रदेश सांसद २१ जना छन् । जसको कुल मतभार २ हजार २ सय ३२ पुग्छ ।