जनता टाइम्स

२० पुष २०७६, आईतवार १७:१७

सुन र हिरा मलद्वारमा लुकाएर ल्याउने दुई भारतीय नागरिक विमास्थलबाट पक्राउ


काठमाडौं, पुस २०

मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन्। विमानस्थलका प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन र एक सय ग्राम हिरासहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्। प्रहरीले सारजाबाट एयर अरेबियामा नेपाल आएका कोत्ताकुथ किजाकेथिल नौशद र मलेसियाबाट आएका मोहमद मेदिन सथाली पक्राउ परेका हुन्।

भन्सार एरिया कटिसकेपछि चेकजाँच गर्दा शंकास्पद बस्तु बोकेको पाइएपछि पक्राउ परेका हुन्। सथालीले दुई सयग्राम हिरा पेटमा राखेको र नौशदले पाँच सय ग्राम सुन मलद्वारमा राखेको पाइएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर निकालिएको हो। अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।