जनता टाइम्स

२० पुष २०७६, आईतवार १७:३६

सुडान घोटालाका नाइके शम्भु भारती जेलमुक्त, सर्वोच्च अदालतले दियो दोषीलाई नै यस्तो सुविधा


काठमाडौं, पुस २०

राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टचारी ठहर शम्भु भारती जेलमुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशले उनले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका हुन् । जेल बाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वोच्चमा पूनरावोलोकन निवेदन दिएका थिए।

भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर गरि १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो। उनलाई १२ भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। निमित्त जेलर सिता अधिकारीका अनुसार सदरखोर डिल्लीबजारमा रहेका भारती आइतबार जेलमुक्त भएका हुन् ।