भक्तपुर, पुस २२ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ निलबाराहीबाट १४ जना जुवाडे समातिएका छन् । निलबाराही टिगनीस्थित सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको रिसोर्टमा मोटो रकमसहित हारजित हुने गरी जुवातास खेलिरहेका १४ जनालाई महानगरीय प्रहरी वृत्त ठिमीले सोमवार दिउसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यपुरठिमी–७ का उमेश तको, विनोद प्रजापति, राजकुमार तको, डिलकृष्ण बाडे, बबिन उपो, डिलकृष्ण वाडे, रमेश तको, चन्द्रकृष्ण वाडे, निलकृष्ण अवाल, विक्रम धाजु, प्रज्वल राजेया, राजकृष्ण खिचाजु, सुरेन प्रजापति र अनिल प्रजापति रहेका छन ।
बृत्तकाका डिएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा चार बुक तास, सात लाख तीन हजार एक सय ९० रुपैयाँ बरामद भएको छ । प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्