जनता टाइम्स

२२ पुष २०७६, मंगलवार २२:०५

सुनसरीको दुहबीस्थित बिस्कुट उद्योगमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी


सुनसरी, पुस २२ गते । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योगमा अहिले भिषण आगलागी भइरहेको छ । राति करिब ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेपनि आगो नियन्त्रणमा नआएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो ।

सप्तरी जिल्लाको राजविराज नगरपालिका, सुनसरीको इनरुवा, इटहरी, धरान, मोरङको विराटनगर लगायतका ठाउँबाट ९ वटा बारुणयन्त्र, सुनसरी र मोरङ जिल्लाको सुरक्षाकर्मीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरीले जनाएको छ । बिस्कुट उद्योगको केमिकलमै आगलागी भइरहेको कारण आगलागी नियन्त्रणमा समस्या भइरहेको भन्दै केमिकलको आगो नियन्त्रण गर्ने विराटनगर विमानस्थलको बारुणयन्त्र समेत आगलागीस्थल ल्याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।