जनता टाइम्स

२४ पुष २०७६, बिहीबार ०८:१३

भौतिक पूर्वाधारमन्त्री नेम्वाङको डेढ महिने कामको परिणाम : सरकारले सुरुवाती २० महिना खेर फालेछ


काठमाडौं, पुस २४ । ‘भौतिक पुर्वाधार तथा यातायातमन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै सरकारले सुरुवाती २० महिना खेर फालेछ । द्रष्टब्य  यो टिप्पणी हाल सडक सुधारमा भएको बाह्य अवलोकनमा आधारित ।’ भौतिकपुर्वाधार तथा यातायात मन्त्री बशन्त नेम्वाङको डेढ महिने कार्यकाल पूरा नहुँदै काममा देखिएको परिणामतर्फ संकेत गर्दै पूर्वअर्थसचिव रामेश्वर खनालले लेख्नुभएको छ ।

उहाँको निश्कर्ष छ, नेकपाभित्र यस मन्त्रालयका लागि नेम्वाङ जस्ता कामयावी नेता हुँदाहुँदै रघुबीर महासेठलाई मन्त्री बनाएर २० महिना खेर पालिएछ । पूर्वसचिव खनालको यो अनुभुति जस्तै काममा परिणाम आउन थालेको अनुभुति गर्नेहरुछन । नेम्वाङकोकामपछि पूर्वसचिव खनालकै भनाईलाई साथ दिएर होम ओझाले लेख्नुभएको छ, ‘हो जस्तो लाग्यो, मन्त्री फेरिएकै त्स्रो दिन बिहान घरबाट निक्लदा बल्खु टीयु गेट बाटो पिच भएको, अहिले त्यो पिच चोभार गेटसम्म पुगेको छ ।’

यी दुई घटनाले काठमाडौं उपत्यकामा सुधार भएको सडकको प्रतिबिम्बित गर्छ । अनि मन्त्री नेम्वाङको कामको पनि । डेढ महिना अघिसम्म सरकार र मन्त्रीलाई गाली गर्दै यात्रा गर्नेहरु अहिले साँच्चीकै काम हुँदोरहेछ भन्न थालेका हुन । जनताटाइम्स प्रतिनिधि चक्रपथदेखि बिभिन्न सडकको अनुगमनमा जाँदा यात्रुहरुमा पनि यस्तै अनुभुति देखियो । ‘एउटा मान्छेले पनि काममा कति फरक पार्दोरहेछ भन्ने प्रमाण यी सडकहरुमा देखिन थाल्यो,’ बुधवार बेलुकी त्रिपुरेश्वर कालीमाटी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरिरहेका यात्रुहरुको भनाई थियो । अत्यन्तै धुलो र खाल्डाखुल्डीमा यात्रा गर्ने बानी परिसकेका उनीहरु भन्दै थिए, ‘मन्त्री फेरिन साथ यति राम्रो काम भयो, गर्नेलाई थोरै समय पनि काफी हुँदोरहेछ ।’ उनीहरु मात्रै होइन, उपत्यकाका सडकमा यात्रा गर्ने जोकोही आजभोलि सडक सुधार भएकोमा खुसी देखिन्छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्र उपत्यकाको सवै सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि त्यसलाई कार्यान्वयन गर्न भाौतिक पूर्वाधार तथा यातायातमन्त्री बशन्त नेम्वाङ आफै सडक अनुगमनमा नियतिम रुपमा जान थालेपछिको परिणाम उपत्यकाका सडकको दुरावस्था हटेको छ । आफै सवारी चलाएर सडकमा मन्त्री आउन थालेपछि आयोजना प्रमुख, इञ्जिनियरदेखि ठेकेदारसम्म काममा केन्द्रित भएपछि उपत्यकाबासीले साँच्चीकै काम हुन थालेको महसुस गरिरहेका छन । लामो समयसम्म सडक मर्मत नगरेकोमा बेखुस बनेका उपत्यकाबासी पछिल्लो समय सरकारले गरेको कामको प्रसंशा गर्दै सधै यस्तै हुनुपर्ने सुझाव दिन्छन ।

‘गरे संभव छ भन्ने त यो सडकले देखायो, सधै यस्तै हुनुपर्छ काम,’ जनताटाइम्सको जिज्ञासामा उनीहरुले भने । आफूहरु मन्त्री नचिने पनि प्रधानमन्त्रीको निर्देशन मिडियामार्फत सुनेको बताउँदै उनीहरुले पहिलाकै जस्तो काम नहुने रोग अव हटेको अनुभुति सुनाए ।  मन्त्रालयको नेतृत्व सम्हालेपछि प्रचार भन्दा पनि काममा प्राथमिकता दिई परिणाम खोज्ने अभियानमा रहनुभएका मन्त्री नेम्वाङले मातहतका निकायलाई पनि कागजी काम होइन, जनताले अनुभुति गर्ने परिणाम चाहिने भन्दै छलछाम आफूलाई सैह्य नहुने बताइसक्नु भएको छ । त्यही परिणाम उपत्यकामा यात्रा गर्ने नागरिकले महसुस गरेका हुन ।

र यो पनि पढनोस

भौतिक पूर्वाधारमन्त्री बशन्त नेम्वाङको त्यो एक्शन, जस्ले ल्यायो उपत्यकाबासीले अनुभुति गर्ने यस्तो परिणाम

नेम्वाङ गत मंसिर ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । मंसिर ४ गते मन्त्री नियुत्तः भएपछि ५ गते शपथग्रहण गरी काम थाल्नुभएका नेम्वाङले एक महिनाभित्रै जनताले अनुभुति हुने गरी सडकको दुरावस्थालाई हटाउनु भएको हो । मन्त्रालयभित्र पनि मन्त्री नेम्वाङको सुधार देखेर कर्मचारी नैचकित बनेका छन । पत्रकार बिपेन्द्र कार्कीले लेखेका छन, ‘आन्तरिक सुधारमा त झन उहाँको इमान्दार प्रयाश देखेर कर्मचारीहरु नै चकित रहेछन सर ।’ फागुनभित्र उपत्यकाका सवै सडकका खाल्डाुखल्डी हटाएर परिणाम दिने मन्त्री नेम्वाङको योजना रहेको छ ।