जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १०:१९

सभामुख चयन : ओली–दाहाल बाहेक कसैलाई थाहा छैन चुरो कुरा


काठमाडौं, पुष २४

प्रतिनिधिसभाको सभामुख पदका विषयमा विभिन्न हवला दिदै दिनहु समाचार आईरहेका छन् । दोस्रो तहका नेताले आफ्ना भनाईलाई अध्यक्षको भनाईको हवला दिदै माहौल आफ्नो पक्षमा बनाउन खुलेर लागिरहेका छन् ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयन लगायतका केही विषयमा पटक–पटक वार्ता भइरहेको छ । केही विषयमा प्याकेजमा सहमति जुटाउने प्रयास भईरहेको छ । नेकपाको उच्चस्रोतका अनुसार सभामुख चयनका विषयमा दुई अध्यक्ष बाहेक अरु कसैलाई केही पनि थाहा छैन । दुई अध्यक्षबीच सहमति भएपछि मात्र यो विषय बाहिर लैजाने तयारी भईरहेको छ ।

यसबीचमा दोस्रो तहका नेताहरुले खेल्न खोजिरहेको भन्दै अध्यक्षद्वयले यसविषयमा कसैलाई बाहिर नबोल्न निर्देशन दिनुभएको छ । पूर्वसभामुख सुवास नेम्वाङले पनि यसविषयमा आफुलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो । ‘त्यो त दुई अध्यक्षलाई थाहा हुने कुरा हो । मलाई त उहाँहरुले यो विषयमा केही पनि नबोल्नु भन्नु भएको छ’, नेम्वाङले भन्नुभयो ।

नेकपाका एक नेताका अनुसार दुई अध्यक्षलाई भिडाउने प्रयास दोस्रो तहका नेताहरुले गरिरहेको बताउनु भयो । उनका अनुसार पार्टी एकता हुदैछ भन्नेसम्म थाहा नपाउने नेताहरु अहिले अध्यक्षद्वयले यसो भने र उसो भने भन्दै हिडेको बताउनु भयो । ति नेताका अनुसार केही दिनभित्र सहमति बन्ने सम्भावना निक्कै बलियो छ । त्यसका लागि नेताहरुले आन्तरिक छलफल गरिरहेको दावी गर्नुभयो ।