जनता टाइम्स

२४ पुष २०७६, बिहीबार ११:३७

विद्यालयमा दिउँसै मासु र मदिरा पार्टी


महोत्तरी, पुष २४

जिल्लाको एक आधारभूत विद्यालयमा शिक्षकले मासु र मदिरा पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन नै महोत्तरीको गौशाला नगरपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र मासु मदिराको भोज गरिएको भिडियो सार्वजनिक भएको हो ।

विद्यालयलाई अनुचित कार्यको लागि प्रयोग गरेको पाइएपछि गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको टोलीले स्थलगत अनुगमन गरेर कारवाही प्रक्रिया सुरु गरेको जानकारी दिनुभएको छ । शिक्षकहरु मदिरामा लठ्ठिएर अश्लिल गीतमा नाचेको र तास खेलेको भिडियोमा देखिन्छ । कानुन अनुसार सार्वजनिक संघसंस्थाभन्दा दुई सय मिटर भित्र, जाँड रक्सी सेवा तथा बिक्री वितरण गर्न प्रतिबन्ध छ ।

विद्यालयमा सञ्चालन भएको दिवा खाजाको भान्छाको भाडाबर्तन, साउण्ड बक्स प्रयोग भएको बताइएको छ। शिक्षकले आयोजना गरिएको सो भोजको भिडियोमा मदिराले शिक्षकहरु लठ्ठिएर भोजपुरी गीतमा नाचगान गरिरहेका देखिन्छ ।