जनता टाइम्स

२४ पुष २०७६, बिहीबार ११:५३

राष्ट्रिय गौरवका आयोजना व्यवस्थित रुपमा सञ्चालन गर्न नीतिगत सुधारको आवश्यकता


पाँचथर, पुष २४

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले ठुला आयोजनाको काम अघि बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ । उहाले त्यसका लागि सरकारले काम गरिरहेको बताउनु भयो ।

गृहजिल्ला पाँचथरमा आज विहान पत्रकारहरुसँग कुरा गर्दै उहाले सानादेखि राष्ट्रिय गौरवका आयोजना व्यवस्थित रुपमा सञ्चालन गर्न नीतिगत सुधारको आवश्यकता औल्याउनुभयो । नीतिगत सुधार विना ठुला आयोजनाको काम अघि बढ्न नसक्ने मन्त्री नेम्वाङको भनाई छ । उहाले सुधारकै क्रममा सार्वजनिक खरिद नियमावली लगायतका कानून संशोधन गरिएको जानकारी पनि दिनुभयो ।

मन्त्री नेम्वाङले आयोजनाका भएका ढिलासुस्ती र समस्या समाधानका लागि मन्त्रालयले स्थलगत अवलोकन लगायतका कामलाई समेत तीब्रता दिएको बताउनु भयो । उपत्यकाका सडकका खाल्डा पुर्ने काममा समेत उल्लेखनीय प्रगति भएको मन्त्री नेम्वाङको दावी छ ।

मन्त्री नेम्वाङ सहित भौतिक पूर्वाधार तथा यातायात सचिव देबेन्द्र कार्की, भौतिक निमार्ण तथा यातायात विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको टोली मध्यपहाडी लोकमार्ग, तमोर करिडोर, रबि राँके भेडेटारसहितका विभिन्न सडक आयोजना अनुगमनका लागि पाँचथर पुगेको छ ।