जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १२:३९

आगन्तुक चराले मनमोहक राप्ती नदी


चितवन, पुष २४

नेपालमा अहिले पर्यटन वर्ष मनाइरहँदा जंगली क्षेत्रमा आउने चराका मनमोहक दृश्य देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट शुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा जलपंक्षीहरु देखिएका छन् ।

जाडो छल्नका लागि उत्तरी गोलार्धबाट चितवन निकुञ्जसहित देशका विभिन्न सिमसार क्षेत्रमा जलपंक्षीहरु आउने गर्दछन् । यसैबीच सोमबारदेखि चितवन राष्ट्रिय निकुञ्जमा चरा गणना शुरु गरिएको छ । गणनामा चराविद् तथा संरक्षणकर्मीहरु सहभागी छन् । देशभरीको संरक्षित क्षेत्र तथा सिमसारमा चरा गणना शुरु गरिएको छ ।

तस्वीर : टेकराज पोखरेल, रासस