जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १३:३७

छुट्टाछुट्टै दुर्घटनामा परी काभ्रेमा पाँच जनाको मृत्यु


काभ्रेपलाञ्चोक, पुस २४ गते । काभ्रेमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको ज्यानले ज्यान गुमाएको छ । काभ्रेको पनौती-११ थुम्कीमा स्काइभेटर सडकबाट ३०० मिटर तल खस्दा दुई जनाको ज्यान गएको छ । भने एक जना घाइते छन् । स्काइभेटरमा सबार सिन्धुपाल्चोक घर भएका बर्ष १७ का रोशन भण्डारी र बर्ष १७ का राउत केसीको ज्यान गएको छ । स्काइभेटर चालक पनौती -७ घर भएका बर्ष २७ को जीवन ताम्राकार घाइते भएका छन् । घाइते ताम्राकारको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, नमोबुद्ध-२ बुताकोटमा सडक डिभिजन कार्यालयको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान खुलाउने कार्य भइरहेको छ ।

यसैगरी, काभ्रेकै रोसी गा.पा.मा दुध बोकेको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका बर्ष १३ का अनिल राणा मगरको ज्यान गएको छ । घटना बारे थप कार्य भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताउनुभयो ।