जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार ०९:१३

१ हजार अमेरिकी सैनिक मृत्युको मुखमा रहेको खबर जब ट्रम्प कहाँ पुग्यो ……


काठमाडौं, २५ पुस । इरानी कमाण्डर कासिम सुलेमानीको मृ त्युलगत्तै अमेरिकी गुप्तचर एजेन्सीको एउटा सन्देशले हाउस युद्धमयजस्तै भयो । त्यसलगत्तै अमेरिका ईरानी आ क्र मणलाई सामना गर्ने योजना निर्माणमा व्यस्त भयो। तुरून्तै व्हाइट हाउसबाट अमेरिकी सेनाका क्याम्पहरुमा सन्देशहरू जारी गरियो । दिउँसो २ बजेको थियो । ह्वाइट हाउसमा एक चेतावनी सन्देश प्राप्त भयो। यो अमेरिकी जासूस एजेन्सीहरूको फ्ल्यास सन्देश थियो ।

सन्देशमा भनिएको थियो, अमेरिकी सेनाको क्याम्पमा इरानी आ क्र मण हुने निश्चित देखियो ।’ यो सन्देशले राष्ट्रपति भवन र पेन्टागनमा हलचल मच्चियो। यस फ्ल्यासमा एउटा सन्देश थियो जसमा लेखिएको थियो, ‘ईरानले मध्यपूर्वमा शक्तिशाली मिसाइल र रकेटमार्फत आक्रमण गर्ने योजना बनाइरहेको छ।’ यसमा थप भनिएको थियो, ‘इरान समर्थित सयौं लडाकूहरूले इराकको अलअसाद एयरबेसमा आक्रमण गर्न खोजिरहेका छन् ।’

यो सूचना आएलगत्तै ह्वाइट हाउसले इराकमा रहेका अमेरिकी सैनिक अड्डाहरूको लागि प्रारम्भिक सतर्कतासहितको चेतावनी जारी गरेको थियो । इरानी आक्रमणको बीचमा ह्वाइट हाउसमा फेरि गप्तचर एजेन्सीहरुद्वारा एउटा राहत दिने खालको सन्देश प्राप्त भयो ।

यो समाचारले राष्ट्रपति ट्रम्पले फेरि एकपटक लामो सास फेरे । त्यो सन्देशमा भनिएको थियो, ‘इरानले आफ्नो सेनालाई अमेरिकी सैनिक अड्डा र नागरिकलाई लक्षित नगर्न सन्देश पठाएको छ ।’ यसले राष्ट्रपति ट्रम्पलाई निकै ठूलो राहत मिलेको थियो । त्यो सन्देशले उनले एकपटक फेरि दोधारमा उभ्याइदियो । तैपनि अमेरिकी अधिकारीहरुलाई विश्वास लागिरहेको थिएन ।

अमेरिकी अधिकारीहरुले इरानले मिसाइल हमला गरिहाले अमेरिकी सेनाको ठूलो क्षति हुन सक्छ भन्ने आँकलन गरिरहेका थिए । तर अति गोप्य गुप्तचर रिपोर्टबाट उनीहरुमा एउटा झिनो आशाचाहि पलाएको थियो । त्यसले उनीहरुलाई इरानका नेताहरूले मिसाइल हमलाको योजनामा संयमता अप्नाइरहेका छन् कि भन्ने आशा पलाएजस्तो पनि देखिन्थ्यो तर उनीहरुलाई यसमा विश्वास थिएन ।

जतिबेला इरानले मिसाइल आक्रमण गर्दैछ भन्ने निश्चित थियो, त्यसबेला एक हजार अमेरिकी सैनिकहरू मृत्युको मुखमा थिए । गुप्तचरहरुले सन्देश दिएको ३ घण्टापछि इरानी मिसाइल सैनिक अखडामा खस्यो । गुप्तचर एजेन्सीहरुको पछिल्लो रिपोर्टको भ्रम अमेरिकी अधिकारीहरुबाट टुट्यो । आक्रमणमा अल असाद निशानामा परेको थियो । यो क्षेत्रमा करिव एक हजार अमेरिकी सैनिकहरू खटाइएका थिए ।

यदि अमेरिकी सैनिकहरू यस आक्रमणमा मारिए भने यसले ठूलो युद्धको रूप लिन सक्छ भन्ने त्रास फैलिएको थियो । त्यसबेला राष्ट्रपति ट्रम्प आफ्ना सैन्य योजनाकारहरुसँग रणनीति बनाउन व्यस्त थिए ।

इरानले अमेरिकी सेनाहरुमाथि आक्रमण गरेर ठूलै नोक्सान पुर्यायो भने कडा कार्वाहीको तयारीमा उनी जुटिरहेका थिए । उनी त्यसबेला धेरै विकल्पहरुमा छलफल गरेका थिए । इरानले आक्रमण गरेको भन्ने गुप्तचर एजेन्सीको सन्देशलगत्तै ह्वाइट हाउसमा सन्त्रासजस्तै फैलियो । केही बेरपछि आक्रमणमा सेनाको हताहती नभएको रिपोर्टहरु आए । त्यसपछि राष्ट्रपति ट्रम्पले तत्काल बैठकहरूको श्रृङ्खला सुरु गरे ।

राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति रोबर्ट ए ब्रायन र व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार वेस्ट विङको गोप्य बैठक बस्यो ।

आक्रमणको सन्देश पुग्दा राष्ट्रपति ट्रम्प ग्रीसका प्रधानमन्त्रीसँगको बैठकमा भाग लिइरहेका थिए। त्यसलगत्तै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपतिले डेमोक्र्याटिक र रिपब्लिकन काँग्रेसका नेताहरुसँग कुरा गरे । उनीहरुले ट्रम्पलाई सकभर संकट कम गर्ने प्रयास गर्न आग्रह गरेका थिए ।