जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार २१:०४

उप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण


पाल्पा, पुष २५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ । अर्घाखाँचीबाट बुटवल उडेको हेलिकोप्टर मौसम खराबीको कारण पाल्पामा अवतरण गरेको हो ।

शुक्रबार साँझ सवा ५ बजे तानसेनको टुडिखेल मैदानमा हेलिकोप्टर अवतरण गरेको थियो । उपप्रधानमन्त्री पोखरेल अर्घाखाँचीमा सुरक्षा प्रमुखको बैठकमा सहभागि भएर बुटवलको एक कार्यक्रममा जादै हुनुहुन्थ्यो ।

सोही क्रममा मैसममा खराबी आएपछि पाल्पाको तानसेनमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । हेलिकोप्टर आकस्मिक रुपमा अवतरण गरेपछि पोखरेल नगरपालिकाको गाडीमा बुटवल तफै जानु भएको थियो । बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम भएपछि आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ ।