जनकपुरधाम, पुष २६
धनुषामा नदी उत्खननको विरोध गर्ने युवा दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन् ।
विपिनलाई जनकपुरधाम उपमहानगरपालिका–१ भानूचौक नजिकबाट शनिवार विहान करिब १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो । विपिनले केही दिन अघि दिलिपका बुबालाई उनको ज्यान मार्ने धम्की दिएका थिए ।
प्रहरीले शुक्रबार अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्रिएको थियो । शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या गरिएको थियो ।
हत्या पछि परिवारजनले क्रसर सञ्चालक विपिन महतो सहित स्थानिय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरेको आरोप लगाइरहेका छन् । यता शुक्रबार बिहानै दिलिपको हत्या गरिएतापनि मुचुल्का नउठाइ शवलाई प्रादेशिक अस्पाल पठाएको थियो । शवको अहिले सम्म पोस्टमार्टम भएको छैन।
प्रतिक्रिया दिनुहोस्