जनता टाइम्स

२६ पुष २०७६, शनिबार ११:०६

प्रदेश–३ को राजधानी काभ्रे बनाउन प्रस्ताव दर्ता


हेटौंडा, पुष २६

प्रदेश–३ को राजधानी काभ्रे हुनुपर्ने भन्दै प्रदेशसभामा शनिवार विहान प्रस्ताव दर्ता भएको छ । प्रदेश–३ को प्रदेशसभाले आज प्रस्ताव दर्ता गर्ने समय तोकेपछि पहिलो प्रस्ताव दर्ता भएको हो ।

विवेकशील साझाका सांसदले काभ्रेको धुलिखेललाई प्रदेश–३ को स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गराएको छ । विवेकशील साझाका सांसद रमेश पौडेलले दर्ता गराएको प्रस्तावमा सांसद शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहनु भएको छ ।

शनिबार नै सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले हेटौंडालाई राजधानी बनाउने प्रस्ताव दर्ता गर्दैछन् । प्रदेशसभामा नेकपा र कांग्रेसको सहमतिपछि प्रदेश राजधानी हेटौंडा हुने पक्का भइसकेको छ । बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन् ।