जनता टाइम्स

२७ पुष २०७६, आईतवार १४:५१

गौशालाबाट पेस्तोलसहित दुई जना पक्राउ


काठमाडौं, पुस २७

काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानबाट एक थान घरेलु पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिंगलास्थान बस्‍ने धनुषा गणेसमान सारनाथ नगरपालिका–७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा विष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा १५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनि लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।