जनता टाइम्स

२७ पुष २०७६, आईतवार १४:५८

लक्ष्मी पौडेल पुनः कस्मेटिक व्यबसायी संघको अध्यक्ष चयन


काठमाडौं, पुस २७ । नेपाल कस्मेटिक व्यबसायी संघको अध्यक्षमा लक्ष्मीप्रसाद पौडेल (सञ्जीत) पुन निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न तेश्रो महाधिवेशनले संस्थापक अध्यक्ष पौडेललाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले संघको प्रथम उपाध्यक्षमा आनन्दप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा सिता पराजुली चयन गरेको छ । सचिवमा केशव ज्ञवाली, सहसचिबमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमिल्सिनालाई चयन गरिएको छ ।यस्तै संघको केन्द्रीय सदस्यमा दिनेश श्रेष्ठ, श्यामप्रसाद अधिकारी, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ सर्वसम्मतबाट चयन हुनुभएको छ ।

पुनः अध्यक्षको जिम्मेवारी सम्हालेपछि पौडेलले मुलुकभर करिब आफ्नो स्वार्थ भन्दा माथि उठेर १५ हजार कस्मेटिक व्यबसायी को हक हितका लागि काम गर्ने बताउनु भयो । कस्मेटिक व्यबसायी संघ ६ वर्ष अघि स्थापना भएको थियो ।

‘अब संघलाई चाँडै मुलुकभर महासंघका अवधारणामा हामी अघि बढाउँदैछौं, यो संघका सदस्यहरु संघको पहलमा प्यान तथा भ्याटमा दर्ता भएका छन भने संघका सदस्यका हक हितमा मैले आयो कार्यकाल भरी पनि काम गर्नेछु,’ पौडेलले जनताटाइम्ससँग भन्नुभयो ।

मुलुकभर रहेका कस्मेटिक व्यबसायीसँगै अव व्युटिपार्लर एन्ड कस्मेटिक सप सञ्चालकहरु व्यबसायी पनि यो संघमा आबद्ध रहेको उहाँको भनाई छ । अधिवेशनको उदघाटन नेकपाका नेता तथा सांसद जीवनराम श्रेष्ठले गर्नुभएको थियो ।