जनता टाइम्स

२७ पुष २०७६, आईतवार १९:३५

काठमाण्डौंको गोकर्णेश्वरमा गोली चल्यो


काठमाण्डौं, पुस २७ गते । काठमाडौंको बौद्धमा साँझ ६ बजे गोली चलेको छ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी विष्णु तामाङ्गलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. 3 घर भई हाल काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अतरखेल बस्ने बर्ष ३० को विष्णु तामाङ्गलाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले गोली चलाएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित जम्बुडाँडामा विष्णु तामाङ्गलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जम्बुडाँडा पुगेको टोली देखेर भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो । तामाङ्गको बायाँ खुट्टाको पिडुलामा गोली लागेको छ । घाइते तामाङ्गको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।