जनता टाइम्स

२८ पुष २०७६, सोमबार १५:३४

राष्ट्रपति भण्डारीसमक्ष अदुअआको प्रतिवेदन


काठमाडौं, पुस २८

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।