जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ०८:०८

रहेनन चर्चित गायक निशान भट्टराइ


काठमाडौं, पुस २९ । चर्चित गायक निशान भट्टराइको गएराती सवारी दुर्घटनामा परी निधन भएको छ ।दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।

उनी गायिका लोचन भट्टराइका भाइ हुन् । मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएकोमा आज बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ