जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ०९:३४

बसमा युवतिमाथी विर्य फ्याल्ने पक्राउ, फेसबुकले सहयोग गरेपछि यसरी पत्ता लाग्यो


काठमाडौं, पुष २९

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् । अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन । जसका कारण प्रहरीलाई अपराधि पत्ता लगाउन मुस्किल परेको थियो । भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पनि इमेलबाट सम्पर्क गरेर सहयोग मागिएको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए । यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ । प्रहरीका अनुसार पक्राउ परेका ति व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।